aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नोक्सानमा रहेको सबैको लघुवित्तले नाफा बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
नोक्सानमा रहेको सबैको लघुवित्तले नाफा बढायो

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २ करोड १९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा ३२ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले जगेडा कोषमा २ करोड ३० लाख रुपैयाँ छुटाएको छ ।

लघुवित्तले निक्षेप ३३ करोड ६५ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब ४१ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी ३६४ दशमलव ०८ प्रतिशतले बढेर ५ करोड ४ लाख रुपैयाँ पुगेको छ भने गत वर्ष नोक्सानमा रहेको संचालन मुनाफा यस त्रैमासमा ३ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ ।

लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव १९ प्रतिशत र जोखिम युक्त सम्पत्ति १० दशमलव १३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस