aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

केराउ, सुपारी तथा मरिच आयातको बाटो खुल्यो, राष्ट्र बैंकले हटायो नगद मार्जिनको व्यवस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ जेठ २०७९
केराउ, सुपारी तथा मरिच आयातको बाटो खुल्यो, राष्ट्र बैंकले हटायो नगद मार्जिनको व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपारी, केराउ, मरिच र छकडा आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ । बैंकले बिहिबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै पुरानै व्यवस्था लागु गरेको हो । बैंकले आफू मातहतका कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई हकमा एक परिपत्र जारी गर्दै विदेशी मुद्रा सटही सुविधा दिने जनाएको हो । उक्त व्यवस्था अनुसार यी सामाग्री प्रयोग गर्ने उद्योगले सतप्रतिशत नगद मार्जिन राखेर आयात गर्न पाउने भएका छन् । 

यसअघि बैंकले राष्ट्र बैंकको नगद मार्जिन राख्नुपर्ने नीति आउनुभन्दा अगाडिदेखि नै सुपारी, केराउ, मरिचको आयातमा रोक लगाएको थियो । सरकारले २०७८ फागुन २६ गते राजपत्रमा सूचना प्रकाशन गर्दै औद्योगिक प्रयोजनका लागि उद्योग विभागको सिफारिस तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमतिका आधारमा उद्योगले यी सामाग्री आयात गर्न पाउने व्यवस्था गरेको थियो । तर अब उद्योगले नगद मार्जिन नराखी नै एलसी खोलेर सुपारी, मरिच तथा छोकडा आयात गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस