
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले चौथो साकोस शिखर गोष्ठी २०७९ को आयोजना गर्ने भएको छ । संघले हरेक ३ वर्षमा साकोस शिखर गोष्ठीको आयोजना गर्दै आएको छ । त्यसै अनुरुप यस वर्ष पनि संघले सो गोष्ठी गर्न लागेको हो ।
उक्त चौथो साकोस शिखर गोष्ठी जेष्ठ २९ र ३० गते द होटल सोल्टी काठमाडौंमा गृह मन्त्री बालकृष्ण खांडको प्रमुख आतिथ्यतामा उद्घाटन हुने कार्यक्रम संघले जनाएको छ । “दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि भन्ने मूल भाव र सकल्प सहित आयोजना हुन गइरहेको चौथो साकोस शिखर गोष्ठीमा ६०० जना भन्दा बढी अभियानकर्मी, नियमनकारी निकायका जिम्मेवार अधिकारीहरु, सम्बन्धित सरोकारवाला एवम् विकास साझेदारहरुको सहभागिता रहने संघले जनाएको छ ।
सातै प्रदेशबाट ५० जिल्लाका ६५० भन्दा बढी सहकारीकर्मी र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न हुने गोष्ठीमा पाँच वटा सामुहिक सत्र र चार वटा ब्रेकआउट सत्र गरी जम्मा नौ वटा सत्रमा दुई दिनसम्म सञ्चालन हुने छ ।
यस आयोजनामा नियामकीय प्रबन्धहरुको जानकारी र वित्तीय सहकारीमा पारेको प्रभावबारे साझा बुझाई विकास गर्ने, वित्तीय सहकारीका सिद्धान्त, संस्कृति र प्रणालीको बारेमा साझा बुझाई र प्रतिबद्धता विकास गर्ने, वित्तीय सहकारीहरुमा एकरुपता कायम गर्न डिजिटाइजÞेशनको लागि नया प्रविधिहरुको अनुकरण एवम् हस्तान्तरण गर्ने र वित्तीय सहकारीहरुको समावेशी एवम् स्मार्ट सेवा सुनिश्चित गर्ने, साकोस सञ्जाल मित्र सद्भावपूर्ण सहकार्य र उत्थानशिलता विकास गर्ने कार्यक्रम रहेको छ ।
यस शिखर गोष्ठीमा विश्वका सफल बचत तथा ऋण सहकारी अभ्यासमा क्रियाशिल विश्व ऋणपरिषद् (अमेरिका, एसियाली ऋण महासंघ (थाइल्याण्ड), राष्ट्रिय बचत तथा ऋण सहकारी संघ नाकफोक (दक्षिणकोरिया), क्यानेडियनबचत तथा ऋण सहकारीसघ (डिजार्डियन) लगायतका सफल अभ्यास गरेका संघहबाट प्राविधिक पृष्ठपोषणका आधारमा सम्पन्न हुन गइरहेको छ ।
प्रतिक्रिया दिनुहोस