aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरसम्बन्धी सम्झौता आज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ जेठ २०७९
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरसम्बन्धी सम्झौता आज हुँदै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरसम्वन्धी सम्झौता आज शुक्रबार हुने भएको छ । आज साँझ पाँच बजे होटल अलफ्ट ठमेलमा दुई बैंकबीच मर्जर सम्झौता हुन लागेको हो ।  हिमालयन बैंकले मर्ज टोडेपछि शुरु गरेको मर्ज प्रक्रियामा नेपाल इन्भेष्टमेन्ट बैंकलाई  यो सफलता हात पारेको हो । 

मर्जरपछि बन्ने बैंकको नाम, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको समेत आजै घोषणा हुने बताएको छ । हाल इन्भेष्टमेन्ट बैंकमा अध्यक्ष पृथ्वीबहादुर पाण्डे र  सिइओ ज्योतिप्रकाश पाण्डे रहने छन् ।त्यस्तै मेगा बैंकमा अनुपमा खुञ्जलीको अवधि सकिएपछि सिइओ पद खाली रहेको छ भने अध्यक्षमा भोजबहादुर शाह रहेका छन् । 

इन्भेष्टमेन्ट बैंकका एक बोर्ड सदस्यका अनुसार इन्भेष्टमेन्ट ८५  कित्ताभन्दा बढी शेयर बराबर मेगा बैंकको सय कित्ता शेयरको अनुमातमा स्वाप रेसियोमा प्रारम्भिक सहमति भएको बताए ।  

प्रतिक्रिया दिनुहोस