aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ जेठ २०७९
मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । सिभिल बैंकले मोरङ जिल्ला, सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन राष्ट्रिय सभा सदस्य माननीय रमेश जंग रायमाझीेले गरे ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि माननिय रमेश जंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख संचालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्पmत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सक्नेछन । 

प्रतिक्रिया दिनुहोस