aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

सिटिजन्स बैंकका ग्राहकले मनकामना हस्पिटलमा छुट पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ जेठ २०७९
सिटिजन्स बैंकका ग्राहकले मनकामना हस्पिटलमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवन स्थित मनकामना हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशत  सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरि आफ्ना कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभीन्न वचत खातामा गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस