भैरहवा । पशुपति वचत तथा ऋण सहकारी संस्था लिमिटेडले रगतको अभावमा कोही कसैले जीवन फाल्न नपरोस भन्ने हेतुले रक्तदान गरेको छ । संस्थाले वार्षिक कार्ययोजना बनाएर अगाडि बढे अनुसार कृषि, उद्यम, सिपमुलक तालिम लगायका कार्यक्रम गर्दै आएको संस्थाका अध्यक्ष डोलराज बस्यालले बताए । स्थापना काल देखि शेयर सदस्यलाई उत्प्रेरित र आत्मनिर्भर बनाउने योजना अनुसार संस्थाले काम अगाडि बढाएको अध्यक्ष बस्यालले बताए ।
विगत ५ वर्ष अगाडि देखि मानवीय सेवाको लागि रक्तदान गर्दै आएको कार्यक्रम संयोजक ताराप्रसाद नेपालले बताए । रगतको अभावबाट कोही समस्यामा नपरोस भनेर संस्थाले ३÷३ महिनामा रक्तदान गर्दै आएको संयोजक नेपालले बताए । संस्थाले आज आप्mनै भवन परिसरमा रक्तदान गरी ५५ युनिट रगत नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखालाई बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस