aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा आज, लाभांश प्रस्ताव ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २८ जेठ २०७९
जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा आज, लाभांश प्रस्ताव ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा विहान ११ बजे अम्रपाली कटेज एण्ड रेष्टुरेण्ट बुटवल, रुपन्देहीमा हुने भएको हो । गत माघमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको कम्पनीले पहिलो वर्ष लाभांश नदिने भएको छ । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । 

साथै सभाले सर्वसाधारण समूहको तर्फबाट दूई जना सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ । अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरूसँग मर्जर तथा प्राप्ती गर्ने विषय पनि सभामा छलफल हुनेछ । यदि आगामी दिनमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा सो को जिम्मेवारी समेत सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि भने जेठ १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति कम्पनीले तय गरिसकेको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस