aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

नेपाल राष्ट्र बैंकले २० अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ जेठ २०७९
नेपाल राष्ट्र बैंकले २० अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने

जेठ ३०, काठमाडौं । नेपाल राष्ट्रबैंकले २० अर्ब बराबरको ट्रेजरी बिल निष्कासन गर्ने भएको छ । बैंकले ९१ दिन ,१८२ दिन र एक वर्षका लागि ट्रेजरी बिल निष्कासन गर्न लागेको हो । मंगलवार जेठ ३१  गते जारी हुने यस ट्रेजरी बिल भोलि सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

 राष्ट्रबैंकले ९१ दिनका लागि ५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी बिल २०७९ भदौ २८ गते परिपक्व हुनेछ । त्यसैगरी १८२ दिनको लागि रू. ४ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी बिल २०७९ मंसिर २७ गते परिपक्व हुनेछ । साथै १ वर्षको लागि रू. ११ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस बिल २०८० जेठ ३० गते परिपक्व हुनेछ । 

ट्रेजरी बिल १ वा १ वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । ब्याक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइने गर्दछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था ,संगठित संस्था तथा सर्वसाधारण नागरिक समेतले ट्रेजरी बिलको बोलकबोलमा सहभागित हुने सक्नेछन् । 
। 

प्रतिक्रिया दिनुहोस