aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिभिल लघुवित्तको नाफा ४५ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ साउन २०७६
सिभिल लघुवित्तको नाफा ४५ प्रतिशतले वृद्धि

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा १ करोड ६३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४५ दशमलव ३० प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड १२ लाख रुपैयाँ कमाएको थियो ।

११ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी भएको सिभिलले जगेडाकोषमा २ करोड १२ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा २७ करोड १० लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ७७ दशमलव ५६ प्रतिशतले वृद्धि गरी १ अर्ब २ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ ।

सिभिल लघुवित्तको खुद व्याज आम्दानी ३९ प्रतिशतले बढेर ६ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११ दशमलव ७६ प्रतिशतले बढेर १ करोड ९७ लाख रुपैयाँ पुगेको छ । जसले प्रोभिजनमा १ करोड ५३ लाख रुपैयाँ छुटाएको छ । भने खराबकर्जा  ५९ लाख रुपैयाँ उठाएको छ ।

सिभिल लघुवित्तको निष्कृय कर्जा १ दशमलव ३४ प्रतिशत, जोखिम युक्त सम्पत्ति १३ दशमलव ८८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १४ दशमलव ३६ रुपैयाँ, मुल्य आम्दानी अनुपात ३८ दशमलव ६५ गुणा, प्रतिशेयर नेटवर्थ ११८ दशमलव ६३ रुपैयाँ र तरलता अनुपात १२ दशमलव १७ रुपैयाँ रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस