
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा २ करोड ४९ लाख रुपैयाँ कमाएको छ ।
४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको उपकारले जगेडाकोषमा ७ करोड ४६ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ५१ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ९५ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ ।
उपकार लघुवित्तको खुद व्याज आम्दानी ३ करोड १० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड ५८ लाख रुपैयाँ पुगेको छ । जसले प्रोभिजनमा २ लाख रुपैयाँ छुटाएको छ । भने खराबकर्जा ९० लाख रुपैयाँ उठाएको छ ।
उपकार लघुवित्तको निष्कृय कर्जा २ दशमलव ०४ प्रतिशत र जोखिम युक्त सम्पत्ति १२ दशमलव ४७ प्रतिशत, रहेको छ ।
प्रतिक्रिया दिनुहोस