
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको १० महिनामा साढे दुई खर्ब भन्दा बढी रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । यस अवधिमा १ लाख ४६ हजार ३८२ ऋणीको २ खर्ब ५६ अर्ब ३६ करोड ९९ लाख ५६ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अुनसार स्वीकृत भएको कर्जामा वैशाख मसान्तसम्म प्रदान गरिएको सहुलियतपुर्ण कर्जाका लागि १५ अर्ब ७३ करोड ४१ लाख ६८ हजार रुपैयाँ ब्याज अनुदान दिइएको छ । त्यस्तै, २ खर्ब १६ अर्ब ३२ करोड ९४ लाख ८६ हजार रुपैयाँ भने बाँकी रहेको छ ।
वाणिज्य बैंकबाट १० महिनामा २ खर्ब २३ अर्ब ७५ करोड ८८ लाख २५ हजार रुपैयाँ कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ । १ खर्ब ८७ अर्ब ८२ करोड ९६ लाख ९० हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ । उक्त सहुलियतपूर्ण कर्जा १ लाख २४ हजार ७७९ जना ऋणीको स्वीकृत भएको हो ।
सबैभन्दा बढी कृषि विकास बैंकले दियो सहुलियतपूर्ण कर्जा
चालू आर्थिक वर्षको १० महिनामा सबैभन्दा बढी कृषि विकास बैंकले सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । यस अवधिमा यस बैंकबाट २५ अर्ब ६६ करोड ५३ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । जुन १५ हजार ७२७ जना ऋणीको हो ।
त्यस्तै, यस अवधिमा बैंक अफ काठमाण्डूबाट २ हजार ६ सय २ ऋणीलाई ५ अर्ब ४७ करोड ५७ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ भने सेञ्चुरी कमर्शियल बैंकबाट २ हजार ३५७ ऋणीलाई ३ अर्ब १२ करोड ६५ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । यस्तै, सिटिजन्स बैंकबाट ६ अर्ब १० करोड ३४ लाख रुपैयाँ, सिभिल बैंकबाट ६ अर्ब ६ करोड ४५ लाख रुपैयाँ, एभरेष्ट बैंकबाट ४ अर्ब ८५ करोड ४ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकबाट १२ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ, हिमालयन बैंकबाट ४ अर्ब १६ करोड ९७ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको १० महिनामा कुमारी बैंकबाट ६ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ, लक्ष्मी बैंकबाट ५ अर्ब ५८ करोड ७१ लाख, माछापुच्छ«्रे बैंकबाट ३ अर्ब ९० करोड १० लाख, मेगा बैंकबाट ८ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । त्यस्तै, नबिल बैंकबाट ७ अर्ब २३ करोड ९२ लाख, नेपाल बंगलादेश बैंकबाट ७ अर्ब ४५ करोड ३२ लाख, नेपाल बैंकबाट १० अर्ब ३८ करोड १८ लाख र एनसीसी बैंकबाट ५ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ ।
त्यसैगरि, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ६ अर्ब १८ करोड १५ लाख, नेपाल एसबिआई बैंकबाट ५ अर्ब १६ करोड ४७ लाख, एनआइसी एसिया बैंकबाट १७ अर्ब ७६ करोड ८२ लाख, एनएमबी बैंकबाट ११ अर्ब ३३ करोड ८० लाख र प्रभु बैंकबाट ६ अर्ब २४ करोड १५ लाख कर्जा स्वीकृत भएको छ ।
त्यस्तै, प्राइम कमर्सियल बैंकबाट ११ अर्ब ७६ करोड ६१ लाख, राष्ट्रिय वाणिज्य बैंकबाट १३ अर्ब २१ करोड ६० लाख, सानिमा बैंकबाट ७ अर्ब ८० करोड ८८ लाख, सिद्धार्थ बैंकबाट १० अर्ब १४ करोड ४९ लाख कर्जा स्वीकृत भएको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट १ अर्ब ७८ करोड २२ लाख सनराइज बैंकबाट ८ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ कर्जा स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस