aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असार २०७९
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँट

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले विक्री गरेको एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई बाँडफाँट गरेको छ । क्यापिटलकै व्यवस्थापनका सञ्चालन हुन लागेको यस फण्डको १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई जेठ १९ गतेदेखि जेठ २५ गतेसम्म विक्री खुला गरिएको थियो । 

विक्री खुलाका क्रममा ९५ हजार ९९७ जना आवेदकहरूबाट ८ करोड ६५ लाख ४८ हजार २७० इकाई खरीदको आवेदन प्राप्त भएको क्यापिटलको भनाई छ । यी मध्य ६९ जनाको ९ हजार ९५० इकाई खरीदको आवेदन भने रितपूर्वक नभएकाले रद्द गरिएको छ । रितपूर्वक आवेदन दिने ९५ हजार ९२९ जना आवेदकहरूलाई बीज पूँजी सहित १० करोड २० लाख इकाई जेठ ३१ गते बाँडफाँट गरिएको क्यापिटलले जानकारी दिएको हो । क्यापिटलले सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना सञ्चालनका लागि इकाई विक्री गरेको हो ।  
 

प्रतिक्रिया दिनुहोस