aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

“प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२” सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ असार २०७९
“प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२” सञ्चालन

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले बिहिबारबाट नेपाल मै पहिलो पटक “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२” सञ्चालन गरेको छ । कम्पनीले विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तह पढिरहेका विद्यार्थीहरुलाई समेटेर उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी व्यवस्थापन एवं शेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्य रहेको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपालमै पहिलोपटक यस किसिमको वित्तिय साक्षरता अभियान सञ्चालन गर्न लागेको हो ।   

यो कार्यक्रममा प्रत्येक महिना १ गतेबाट महिनाको अन्तिम कारोबार दिनसम्म सञ्चालन हुनेछ । असार महिनाबाट शुरु हुने पहिलो “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२” मा ५ वटा कलेजका ३६ जना विद्यार्थीहरुलाई सहभागि हुनेछन् । असार महिनाको पहिलो “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२” भोली असार ०१ गतेबाट शुरु भई असार ३१ गतेसम्म सञ्चालन हुनेछ । 

यस कार्यक्रममा विद्यार्थीहरुले शेयर कारोबार हुने प्रत्येक दिन आफ्नो तर्फबाट खेलमा सहभागिता जनाउनुपर्नेछ । असार महिनाको अन्तिम कारोबार दिनसम्म खेल्दै आउँदा जसले धेरै अंक हासिल गर्छन् उनीहरु विजयी हुनेछन् । यो खेल मा प्रथम हुनेलाई कार्यक्रमको अन्त्यमा १० हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फण्ड प्रदान गरिनेछ ।

श्रावण महिनाको खेलमा सहभागी हुन चाहने कलेज तथा विद्यार्थीहरुले कलेजको सिफारिस सहित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा असार १५ गते भित्र सम्पर्क गरिसक्नुपर्नेछ ।  

प्रतिक्रिया दिनुहोस