
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा दुबै बैंकले एक वित्तीय संस्था बनाएर कारोबार गर्ने गरी मर्जरको सम्झौता गरेका हुन् ।
बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले दिएको जानकारी अनुसार दुबै बैंकले एक हुने सम्झैतापत्रमा हस्ताक्षर गरेका छन् । आज भएको सम्झौता अनुसार एकिकृत बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत ग्लोबल आइएमई बैंकको भागमा परेको छ भने डिपुटी सिईओ बैंक अफ काठमाण्डूले पाउने भएको छ ।
बैंकको नाम के राख्ने भन्ने विषयमा टुंगो लागि नसकेको बैंक अफ काठमाण्डूका श्रेष्ठले जानकारी दिए । साथै उनले स्वाप रेसियो १ः१ रहने गरि सम्झौता भएको समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस