
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तभित्रमा मर्जरमा जानका लागि निर्देशन दिएसंगै वाणिज्य बैंकहरु धमाधम मर्जरका लागि आन्तरिक छलफलमा जुटेको देखिन्छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असारभित्र मर्जरमा जानका लागि प्रक्रिया थाल्न वाणिज्य बैंकहरूका अध्यक्ष र सञ्चालकलाई निर्देशन दिएसंगै बैंकहरु आन्तरिक तयारीमा जुटेका हुन् ।
गभर्नर अधिकारीले यदि तोकिएको अवधिभित्र मर्जर प्रक्रिया अगाडि नबढाए कोरोनाको समयमा बैंकहरूलाई दिएको कुनै पनि सुविधा उपलब्ध नगराउने चेतावनी समेत दिएका छन् । एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यदि तोकिएको अवधिभित्र मर्जर प्रक्रिया अगाडि नबढाए कोरोनाको समयमा बैंकहरूलाई दिएको कुनै पनि सुविधा उपलब्ध नगराउने चेतावनी दिएका थिए । यससंगै मर्जरमा जानको लागि बैंकहरु आन्तरिक तयारीमा जुटिरहेका छन् ।
बिहिबार बिहान ग्लोबल आइएई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको सम्झौता भइसकेको छ । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । मर्जर पश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने भएको छ ।
ग्लोबल आइएई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको सम्झौताभएसंगै अन्य चार बैंक पनि चाँडै नै मर्जरमा जाने तयारीमा जुटेका छन् । समाचार स्रोतका अनुसार सिभिल बैंक लिमिटेडर हिमालयन बैंक मर्जर हुने लागेका छन् भने सेञ्चुरी कमर्शियल बैंक र माछापुच्छ्रे बैंकबीच मर्जर हुने भएका हुन् । हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँगको मर्ज तोडेपछि तत्काल कुनै न कुनै वित्तीय संस्थासँग मर्जमा जानपर्ने बाध्यता रहेको छ । सोहि बाध्यता अनुसार सिभिल बैंकसँग मर्ज गर्ने अन्तिम तयारीमा पुगको बताइएको छ ।
त्यस्तै नेपाल बंगलादेश बैंकलाई नविल बैंकले प्राप्ति गरेपछि फुरि एनबी समूह जोडिएको नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई समेत मर्जमा ल्याउने तयारीमा जुटेको समाचार स्रोतले बताएको छ । एनबी समूहसँग चौधरीको सम्बन्ध सुधारिएकाले अब एनसीसी बैंक पनि चौधरी ग्रुपसँग नै मर्जमा जान सक्ने सम्भावना बढेको हो ।
‘सिभिल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच मर्जर जानका लागि प्रारम्भिक सम्झौता गर्ने तयारी थालेका छन् । त्यस्तै, सेञ्चुरी कमर्शियल बैंक र माछापुच्छ«े बैंकबीच मर्जरका लागि केहि हप्तामा सम्झौता गर्ने तयारीमा जुटेको छन्’, स्रोतले बताएको छ ।
इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंक र सिभिल बैंकसंग मर्जर जान तरखर बनेको हो । हिमालयन बैंक र सिभिल बैंक मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी करिब २१ अर्ब पुग्नेछ । चालू आवको तेस्रो त्रैमाससम्म हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, सिभिल बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ छ ।
यसअघि गत जेठ २७ गते नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीचमर्जरमा जानको लागि सम्झौता गरेका थिए । जसका लागि यी दुबै बैंकको शेयर कारोबार समेत रोक्का भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस