aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

लक्ष्मी बैंकको ३ लाख ३३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असार २०७९
लक्ष्मी बैंकको ३ लाख ३३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । लक्ष्मी बैंकले ३ लाख ३३ हजार २०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै उक्त शेयर विक्री गर्ने जानकारी दिएको हो । 

कम्पनीले उक्त शेयर खरीद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय, हात्तीसार, काठमाडौंमा निवेदन दिन भनेको छ । 

सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि बैंकले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस