aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

नबिल र नेपाल बंगलादेश बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति दिने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ असार २०७९
नबिल र नेपाल बंगलादेश बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति दिने तयारी

काठमाडौं । नबिल बैंक र नेपाल(बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सम्भवतः अर्को सातासम्म स्वीकृति दिने तयारी गरेको छ । 

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार दुई बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिनका लागि सो सम्बन्धी प्रस्ताव सञ्चालक समितिमा लगिने जानकारी दिए । 
 
केन्द्रीय बैंकस्थित एक उच्च स्रोतका अनुसार नबिलले नेपाल बंगलादेश बैंकलाई गाभ्ने विषयको फाइल अगाडि बढेको छ । 

प्रतिक्रिया दिनुहोस