aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आईपीओ निष्कासनका लागि २५ कम्पनी पाइपलाइनमा, सबैभन्दा बढी हाइड्रोपावर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असार २०७९
आईपीओ निष्कासनका लागि २५ कम्पनी पाइपलाइनमा, सबैभन्दा बढी हाइड्रोपावर

काठमाडौं । विभिन्न २५ कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा दिएको निवेदन स्वीकृतिको पर्खाइमा छन् । सेबोनका अनुसार यसरी प्रतिक्षामा रहेका कम्पनीहरुले ५ अर्ब १६ करोड ३२ लाख ४५ हजार ४ सय रुपैयाँ बराबरको शेयर विक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् ।

आईपीओका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, १३ वटा हाइड्रोपावर, पाँच वटा लघुवित्त र अन्य समूह अन्तर्गत रहेका डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, कालिन्चोक दर्शन कम्पनी, हाथवेय इन्भेष्टमेन्ट नेपाल र सिटी होटल्स लगायतका कम्पनीहरु रहेका छन् । 

सेबोनबाट प्राप्त जानकारी अनुसार आत्मनिर्भर लघुवित्त वित्तीय संस्था २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता शेयर निष्कासनका लागि तयारीमा रहेको छ । त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ३ लाख ९ लाख ७५ हजार कित्ता, खप्तड लघुवित्त वित्तीय संस्था १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता रहेका छन् । त्यस्तै, श्रजनशील लघुवित्त वित्तीय संस्था ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता र धौलागिरी लघुवित्त वित्तीय संस्थाको ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता शेयर निष्कासनका लागि सेबोनको स्वीकृतिको पर्खाइमा छन् । 

त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यस आईपीओको प्रतिकित्ता ११२ रुपैयाँ  प्रिमियमसहित २१२ रुपैयाँ मूल्य रहने जनाईएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।

त्यसैगरि, डिस मिडिया नेटवर्क लिमिटेड पनि आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्कासन गर्नेछ । 

सेबोनका अनुसार मुक्तिनाथ कृषि कम्पनीको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता, कालिन्चोक दर्शनले स्थानीय र सर्वसाधारणका लागि गरी १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता, हाथवेय इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १४ करोड ६२ लाख ५० रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता र सिटी होटल्सको १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशनका लागि पाइप लाइनमा रहेको छ । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरुको आईपीओका लागि थप प्रक्रिया अघि बढ्नेछ । 

आधाभन्दा धेरै हाइड्रोपावर 
आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये आधाभन्दा धेरै हाइड्रोपावर कम्पनीहरु रहेका छन् ।  पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीहरुमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको दुई लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । त्यस्तै, एशियन हाइड्रोपावर लिमिटेडले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता, बाराही हाइड्रो पावरले ७० करोड रुपैयाँ बराबरको ७ लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।  

यसैगरी, पिपुल्स हाइड्रोपावर कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । पाइपलाइनमा रहेका अरु हाइड्रो पावरहरुमा मायाखोला हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता, भूगोल इनर्जी डेभलपमेन्टले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता छन् । त्यस्तै, मकर जितुमाया सुरु हाइड्रो पावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएका हुन् । 

सेबोनका अनुसार मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको छ । यस्तै, थ्री स्टार हाइड्रोपावर लिमिटेड १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता र स्टर्न हाइड्रोपावर लिमिटेडले १२ करोड ४० लाख बराबरको १२ लाख ४० हजार कित्ता आइपीओ जारी गर्न बोर्डमा निवेदन दिएका छन् । 

त्यस्तै, सिलेक्स हाइड्रोपावर लिमिटेडले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता, सुपरमाई हाइड्रोपावर लिमिटेडले १० करोड रुपैयाँ बराबरको १९ लाख कित्ता र सान्जेन जलविद्युत्त् कम्पनी ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको तयारीमा रहेका छन् ।  

दश हाइड्रोपावरले पाए बोर्डबाट अनुमति 
सेबोनका अनुसार यस अघि आईपीओ निष्काशनका लागि आवेदन दिएका दश वटा हाइड्रोपावर कम्पनीहरुले बोर्डबाट अनुमति पाएका हुन् । बोर्डबाट अनुमति पाएका हाइड्रोपावर कम्पनीहरुमा दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको २९ करोड ५१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता, हिमालयन हाइड्रोपावर लिमिटेडको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता, अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता शेयर निष्कासन गर्नका लागि अनुमति पाएका हुन् । 

त्यस्तै, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको २० करोड रुपैयाँ बराबरको  २० लाख कित्ता, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडको २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शन लिमिटेडले ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डबाट अनुमति पाएका हुन् । 

त्यसैगरी, सयपत्री हाइड्रोपावर लिमिटेडले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता, मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार ११० कित्ता, पिपुल्स पावर कम्पनीले ६३ करोड २६ लाख रुपैयाँ बराबरको ६३ लाख २६ हजार कित्ता र रसुवागढी हाइड्रोपावर लिमिटेडले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार एक सय कित्ता र आईपीओ निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएका हुन् । 
 

प्रतिक्रिया दिनुहोस