aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नबिल कार्ड प्रयोगकर्ताहरूलाई कतारएयरवेजमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असार २०७९
नबिल कार्ड प्रयोगकर्ताहरूलाई कतारएयरवेजमा विशेष छुट

काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड  प्रयोगकर्ताहरूलाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ । जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ । हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । यो छुट असार १७ गतेदेखी लागु हुनेछ ।   

आज आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

यस साझेदरी अन्तर्गत बिजनेश र इकोनोमी कक्षा हवाई टिकटमा उत्त १० प्रतिशत छुट लागू हुनेछ । यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ ।  

प्रतिक्रिया दिनुहोस