aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

ऋण उठाउन नसकेका ४८१ वटा मुद्दा ऋण असुली पुनरावेदनमा पुगे

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • बुधबार, ०८ असार २०७९
ऋण उठाउन नसकेका  ४८१ वटा मुद्दा ऋण असुली पुनरावेदनमा पुगे

काठमाडौं । ऋण असुली पुनरावेदन न्यायाधीकरणमा विभिन्न बैंक तथा वित्तीय संस्थाका ४७७ वटा मुद्दा परेका छन् । ऋण असुली न्यायाधीकरणमा मुद्दा फरफार हुन नसकेका ऋणीका मुद्दा असुली पुनरावेदनमा आएका हुन ।  यो संख्या आर्थिक वर्ष २०६१/६२ देखि चालु आवको जेठ मसान्तसम्मको हो ।     

यस अवधिमा १७ अर्ब ३६ करोड १७ लाख ८१ हजार ७५५ रुपैयाँ बराबरको विगो दावी सहित ४८१ वटा मुद्दा दर्ता भएको ऋण असुली पुनरावेदन न्यायाधीकरणले जनाएको छ । जसमध्ये ६ अर्ब ४९ करोड २९ लाख ७५ हजार ४९२ रुपैयाँ बराबरका २१७ वटा मुद्दाको फर्छौट भएको छ भने ८ अर्ब २४ करोड ६ लाख ४४ हजार ७०८ रुपैयाँ बराबरका २६४ वटा मुद्दाको फैसला हुन बाँकी रहेका छन् ।  
कुन आर्थिक वर्षमा कति मुद्दा दर्ता भए ?

आर्थिक वर्ष २०६१/६२ मा १९ करोड ४३ लाख ६५ हजार ५३५ रुपैयाँ बिगो दावी सहितको सातवटा बैंक तथा वित्तीय संस्थाका ७ वटा मुद्दा दायर भएका थिए । जसमध्ये तीन वाणिज्य बैंकबाट ६ वटा र अन्य माइक्रो फाइनान्स कम्पनीका रहेका छन् । परेका मुद्दामध्ये १ करोड २५ लाख ९५ हजार ५४७ रुपैयाँ फर्छौट भएको छ भने १८ करोड १७ लाख ६९ हजार ८०६ रुपैयाँ असुली हुन बाँकी रहेका छन ।     

त्यस्तै, आव २०६२/६३ मा १२ वटा उजुरी परेका थिए । जसमा वाणिज्य बैंकका ८ वटा र अन्य वित्तीय संस्थाका ४ वटा रहेका छन् । यस वर्ष २१ करोड १५ लाख १५ हजार ९०४ रुपैयाँ दावी सहित चार वाणिज्य बैंकका मुद्दा परेका हुन् । जसमध्ये १४ करोड ४१ लाख ७५ हजार ०८५ रुपैयाँ फछौंट भएको छ भने ६ करोड ७३ लाख ४० हजार ८१९ रुपैयाँ फर्छौट हुन बाँकी रहेको छ ।   

त्यसैगरी, आव २०६३/६४ मा विभिन्न बैंक तथा वित्तीय संस्थाका १७ वटा मुद्दा परेका छन् । जसमा १७ करोड २६ लाख ५३ हजार १३७ रुपैयाँ विगो दावी सहित परेको मुद्दामा ६ करोड ८७ लाख २१ हजार २०५ रुपैयाँ फर्छौट भएको छ भने १० करोड ३९ लाख ३१ हजार ९३१ रुपैयाँ फर्छौट हुन बाँकी रहेका छन । यस अवधिमा ६ वटा मुद्दाको फैसला भएको छ । बाँकी मुद्दा फैसला हुन बाँकी रहेका छन् ।  
  
आव २०६४/६५ मा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ वटा मुद्दा परेका छन् । जसमा १० वटा मुद्दा वाणिज्य बैंकका रहेका छन् । भने बाँकी अन्य वित्तीय संस्थाका रहेका छन् । १६ वटा बैंक  तथा वित्तीय संस्थाबाट १३ करोड २३ हजार ७९६ रुपैयाँ विगो दावी सहित परेको मुद्दामा ७ करोड ७२ लाख ६० हजार २११ रुपैयाँ फर्छौट भएको छ भने ११ करोड ३७ लाख १७ हजार १०७ रुपैयाँ फर्छौट हुन बाँकी रहेको छ । ऋण असुली पुनरावेदन न्यायाधीकरणबाट यस अवधिमा ५ वटा मुद्दाको फैसला भएको छ । बाँकी मुद्दा फैसलाको क्रममा रहेका छन् । 

त्यस्तै, आव २०६५/६६ मा ८१ वटा मुद्दा परेका थिए । जसमा ६ वटा वाणिज्य बैंकका ५६ वटा र अन्य वित्तीय संस्थाका २५ वटा मुद्दा परेका हुन् । यस वर्ष ९० करोड ८५ लाख ३२ हजार ८९७ रुपैयाँ दावी सहित विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दा परेका हुन् । जसमध्ये १५ करोड ९९ लाख ३४ हजार ०४१ रुपैयाँ फर्छौट भएको छ । भने ७४ करोड ८५ लाख ९८ हजार ८५५ रुपैयाँ फर्छौट हुन बाँकी रहेको छ । यस अवधिमा ३ वटा मुद्दाको फैसला भएको छ भने ७८ वटा मुद्दाको फैसलाको क्रममा रहेका छन् । 

आर्थिक वर्ष २०६६/६७ मा ३ अर्ब ३५ करोड ७० लाख ८८ हजार ३५३ रुपैयाँ बिगो दावी सहितको विभिन्न बैंक तथा वित्तीय संस्थाका सबैभन्दा धेरै ११९ वटा मुद्दा परेका थिए । जसमध्ये ५ वटा वाणिज्य बैंकबाट ११३ वटा र अन्य माइक्रोफाइनान्स कम्पनीका ६ वटा मुद्दा रहेका छन् । जसमध्ये १ अर्ब ३२ करोड ७० लाख १ हजार २७७ रुपैयाँ फर्छौट भएको छ भने २ अर्ब ३ करोड ८७ हजार २७७ रुपैयाँ असुली हुन बाँकी रहेको छ । यस अवधिमा न्यायाधिकरणले ९२ वटा मुद्दाको फैसला गरेका छ भने फैसला हुन बाँकी रहेका मुद्दा २७ वटा रहेका छन् । 

त्यसैगरी, आव २०६७/६८ मा ऋण असुली पुनरावेदन न्यायाधिकरणमा विभिन्न बैंक तथा वित्तीय संस्थाका ६० वटा मुद्दा परेका थिए । जसमा वाणिज्य बैंकका ५७ वटा र अन्य वित्तीय संस्थाका ३ वटा गरी ६० मुद्दा परेका हुन् । 

यस अवधिमा २ अर्ब ८१ करोड ८९ लाख ७० हजार ८९ रुपैयाँ बराबरको विगो दावी सहित परेको मुद्दामा २ अर्ब ४९ करोड ८३ लाख ९७ हजार ६९१ रुपैयाँ फछौंट भएको छ भने ३२ करोड ५ लाख ६२ हजार ४७० रुपैयाँ फर्छौट हुँन बाँकी रहेको छ । ऋण असुली पुनरावेदन न्यायाधिकरणमा परेका मुद्दामध्ये ४८ वटा मुद्दाको फैसला भएको छ भने १२ वटा मुद्दाको फैसला हुन बाँकी रहेका छन ।  

आव २०६८/६९ मा ऋण असुली पुनरावेदन न्यायाधीकरणमा ६ वटा वाणिज्य बैंक सहित विभिन्न बैंक तथा वित्तीय संस्थाका २४ वटा मुुद्दा परेका थिए । यस अवधिमा ८४ करोड ४८ लाख ९० हजार ४३५ रुपैयाँ विगो दावी सहितको परेको मुद्दामा ६१ करोड ७५ लाख १९ हजार ३०२ रुपैयाँ फर्छौट भएको छ भने २२ करोड ७३ लाख ७१ हजार १३३ रुपैयाँ फर्छौट हुँन बाँकी रहेको छ । जसमध्ये १७ वटा मुद्दाको फैसला भएका छन् भने ७ वटा मुद्दाको फैसला हुँन बाँकी रहेको छ ।

त्यस्तै, आव २०७९/७० मा विभिन्न बैंक तथा वित्तीय संस्थाका ३२ वटा मुद्दा परेका थिए । मुद्दा परेका वित्तीय संस्थाहरुमा चार वटा वाणिज्य बैंक र अन्य माइक्रो फाइनान्स लगायतका वित्तीय संस्थाहरु रहेका छन् । यस अवधिमा ३ अर्ब १३ करोड १४ लाख ४० हजार ३६४ रुपैयाँ माग दावी सहित न्यायाधीकरणमा मुद्दा परेको थियो । जसमध्ये ८१ करोड २४ लाख ४ हजार ४५५ रुपैयाँ फर्छौट भएको छ भने २ अर्ब ३१ करोड ९० लाख ३६ हजार ५०९ रुपैयाँ फर्छौट हुन बाँकी रहेको छ । यस आवमा १० वटा मुद्दाको फैसला भएको थियो भने २२ वटा मुद्दाको फैसला हुँन बाँकी रहेका छन ।

आव २०७०/७१ ऋण असुली पुनरावेदन न्यायाधीकरणमा ६ वटा वाणिज्य बैंक सहितका ७३ वटा मुद्दा परेका थिए । विभिन्न वाणिज्य बैंक र अन्य वित्तीय संस्थाबाट ३ अर्ब २८ करोड ११ लाख ३३ हजार ६६५ रुपैयाँ विगो रकम सहित मुद्दा परेको हो । जसमध्ये ७७ करोड ४९ लाख ६६ हजार ८ सय रुपैयाँ फर्छौट भएको छ भने २ अर्ब १२ करोड ८२ लाख १९ हजार ५३ रुपैयाँ फर्छौट हुँन बाँकी रहेको छ । यस आवमा १४ वटा मुद्दाको फैसला भएको थियो भने १९ वटा मुद्दाको फैसला हुँन बाँकी रहेको छ । 

आव २०७१/७२ मा विभिन्न बैंक तथा वित्तीय संस्थाका १९ वटा मुद्दा परेका थिए । जसमा पाँच वटा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरु रहेका छन् । यस अवधिमा २ अर्ब ९ करोड २३ लाख ७७ हजार ६६५ रुपैयाँ बराबरको विगो रकम सहित मुद्दा परेको हो । 

त्यस्तै, आव २०७२/७३ मा ऋण असुली पुनरावेदन न्यायाधीकरणमा विभिन्न बैंक तथा वित्तीय संस्थाका १८ वटा मुद्दा परेका थिए । यस वर्षमा छ वटा वाणिज्य बैंकबाट १७ वटा र अन्य वित्तीय संस्थाबाट एउटा गरी ६७ करोड २ लाख २६ हजार २६६ रुपैयाँ बराबरको विगो दावी सहित मुद्दा परेको हो । 

आव २०७३/७४ मा विभिन्न बैंक तथा वित्तीय संस्थाका १५ वटा मुद्दा परेका थिए । मुद्दा परेका वित्तीय संस्थाहरुमा सात वटा वाणिज्य बैंक र अन्य माइक्रो फाइनान्स लगायतका वित्तीय संस्थाहरु रहेका छन् । जसमध्ये ७ वटा मुद्दाको फैसला भएको थियो भने ८ वटा मुद्दाको फैसला हुँन बाँकी रहेका छन । 

त्यस्तै, आव २०७४/७५ मा ऋण असुली पुनरावेदन न्यायाधीकरणमा विभिन्न बैंक तथा वित्तीय संस्थाका ७ वटा मुद्दा परेका थिए । यस वर्षमा छ वटा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाबाट २४ करोड ८५ लाख ६३ हजार ४१५ रुपैयाँ बराबरको विगो दावी सहित मुद्दा परेको हो । 

आव २०७५/७६ मा विभिन्न बैंक तथा वित्तीय संस्थाका ६ वटा मुद्दा परेका थिए । मुद्दा परेका वित्तीय संस्थाहरुमा चार वटा वाणिज्य बैंक र अन्य माइक्रो फाइनान्स लगायतका वित्तीय संस्थाहरु रहेका छन् । नेपाल क्रेडिट एण्ड कमर्श बैंकबाट १४ लाख ३८ हजार १३८ रुपैयाँ विगो दावी सहितको मुद्दा परेको थियो । 

यसैगरी आव २०७६/७७ मा चार वाणिज्य बैंक सहित अन्य विभिन्न वित्तीय संस्थाबाट ऋण असुली पुनरावेदनमा ७ वटा मुद्दा परेका छन् । जसमा वाणिज्य बैंकका ६ वटा रहेका छन् । विगो रकम भने खुलाइएको छैन । 

आव २०७८/७८ मा ऋण असुली पुनरावेदन न्यायाधीकरणमा विभिन्न बैंक तथा वित्तीय संस्थाका १२ वटा मुद्दा परेका थिए । यस वर्षमा छ वटा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाबाट मुद्दा परेको हो । जसमा ग्लोबल आइएमई बैंकको ६२ लाख १ हजार ९१० रुपैयाँ विगो दावी सहितको मुद्दा परेको हो । अन्य बैंक तथा वित्तीय संस्थाको रकम खुलाइएको छैन । 

यसैगरी चालु आर्थिक वर्षको ११ महिनामा ऋण असुली पुनरावेदन न्यायाधीकरणमा १५ वटा मुद्दा परेका छन् । जसमा वाणिज्य बैंकका ११ वटा र अन्य बैंक तथा वित्तीय संस्थाका ४ वटा मुद्दा रहेका छन् । ऋण असुली पुनरावेदन न्यायाधीकरणमा परेका मुद्दाहरुमध्ये २ वटा मुद्दाको फैसला भएको छ भने बाँकी मुद्दाहरु फैसलाको क्रममा रहेको ऋण असुली पुनरावेदन न्यायाधीकरणले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस