
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघु वित्तीय सस्थासँग मर्ज वा प्राप्तिका लागि एक समिति बनाएको छ । यस वित्तीय संस्थामा अर्को वित्तीय संस्था गाभ्ने , गाभिने र प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक छलफल तथा गृहकार्य गर्न समिति गठन गरेको हो ।
उक्त कम्पनीको १०३ औं सञ्चालक समितिको बैठकले यस वित्तीय संस्थामा अर्को वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक छलफल तथा गृहकार्य गर्न सञ्चालक हरिकृष्ण सुवेदीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा सञ्चालक बेदप्रसाद शिवकोटी, सञ्चालक विवेक कंडेल तथा प्रमुख कार्यकारी अधिकृत उपेद्र बहादुर कार्की रहेका छन् ।
प्रतिक्रिया दिनुहोस