
काठमाडौं । स्कुटरको डिक्कीमा राखेको नगद २ लाख रुपैयाँ चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर भैंसेपाटी बस्ने बाँके सितापुर नगरपालिका-३ खजुराका ३५ वर्षीय मोहन खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका-२५ भैंसेपाटी बस्ने ३० वर्षीय शिबराम आले मगरको स्कुटरको डिक्कीमा रहेको उक्त नगद साउन २० गते राति चोरी गरेको प्रहरीले जनाएको छ । अनुसन्धान गर्ने क्रममा चोरी गरेको रकममध्ये नगद ८९ हजार रुपैयाँ र मोवाईल २ थान सहित खत्रीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ । खत्रीलाई थप अनुसन्धान एवम् कारबाहीको लागि उक्त महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ ।
प्रतिक्रिया दिनुहोस