aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

प्रभु बैंकको करिब ५६ हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असार २०७९
प्रभु बैंकको करिब ५६ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले ५५ हजार ९९३ कित्ता संस्थापक शेयर असार १० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले विभिन्न तीन सदस्यहरूको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । 

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरूको आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री प्रकृया अघि बढाईने बैंकको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस