aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

एनसीसी बैंकको ६२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असार २०७९
एनसीसी बैंकको ६२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको ६२ हजार ८२ कित्ता संस्थापक शेयर असार १० गतेदेखि लिलामीमा आएको छ । बैंकले विभिन्न चार सदस्यहरूको नाममा रहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी लिलामीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापकहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बागबजार, काठमाडौंको शेयर विभागमा लिखित निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने बैंकको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस