aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नौ दिनमै चार सहकारी कालोसूचीमा, कुन–कुन परे (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असार २०७९
नौ दिनमै चार सहकारी कालोसूचीमा, कुन–कुन परे (सूचीसहित)

काठमाडौं । पछिल्लो समय कालोसूचीमा पर्ने सहकारीहरुको संख्या बढ्दै गएको छ । कर्जा सूचना केन्द्रको तथ्यांक हेर्ने हो नौ दिनमै चार वटा सहकारी कालोसूचीमा परेका देखिन्छन् ।   

विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ । विभिन्न बैंक तथा वित्तीय संस्था, राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको ऋण तिर्न नसकेका कारण सहकारीहरु कालोसूचीमा परेका हुन् ।   

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार कालोसूचीमा परेका सहकारीहरुमा एउटा बहुउद्देश्यीय, कृषि र बचत तथा ऋण सहकारी रहेका छन् । यसअवधिमा कालोसूचीमा परेका सहकारीहरुमा चाँदनी बहुउद्देश्यीय सहकारी, जीवन सुन्दर कृषि सहकारी, तिरीमिरी बचत तथा ऋण सहकारी र स्मृति बचत तथा ऋण सहकारी रहेका छन् ।  

कालोसूचीमा परेका सहकारीमा चाँदनी बहुउद्देश्यीय सहकारीका सञ्चालकहरुमा रविन्द्र अधिकारी र उद्धव अधिकारी रहेका छन् । त्यस्तै, जीवन सुन्दर कृषि सहकारी संस्थाका सञ्चालकहरुमा भुवन कुमार सिञ्जली र उपेन्द्र मगर रहेका छन् ।    

त्यसैगरी, स्मृति बचत तथा ऋण सहकारीका सञ्चालकहरुमा विष्णु शर्मा र देवेन्द्र श्रेष्ठ रहेका छन् । तिरीमिरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा अन्जु श्रेष्ठ, इन्द्र बस्नेत, केशव अधिकारी, लोकनाथ डल्लाकोटी, माधव कुमार सिग्देल, प्रकाश भट्ट र सुमन कुमार श्रेष्ठ रहेका छन् ।  

हेर्नुहोस्, कालोसूचीमा पर्ने सहकारी 

एघार महिनामा थप १७ सहकारी कालोसूचीमा 
सहकारीबाट बचतकर्ता ठगिएको उजुरी बढेसँगै कालोसूचीमा पर्ने सहकारीहरुको संख्या पनि बढिरहेको छ । कर्जा सूचना केन्द्रको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको ११ महिनामा १७ वटा सहकारीहरु कालोसूचीमा परेका छन् । यो संख्या चालु आवको साउन देखि जेठ २७ गतेसम्मको हो । 

कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार चालु आवको ११ महिनाको अवधिमा कालोसूचीमा परेका सहकारीमा तीन वटा बहुउद्देश्यीय सहकारी, दुई कृषि सहकारी र अरु बचत तथा ऋण सहकारीहरु रहेका छन् । 

कालोसूचीमा परेका बहुउद्देश्यीय सहकारीहरुमा किरणोदय बहुउद्देश्यीय सहकारी संस्था, धनवृद्धि मल्टिप्रपोज को– अपरेटिभ र युवा विकास बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । किरणोदय बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुमा नरेन्द्र प्रकाश सुवेदी रहेका छन् । त्यस्तै, धनवृद्धि मल्टिप्रपोज को– अपरेटिभका सञ्चालकहरुमा अरविन्द बिष्ट, दिवाकर रिजाल र सुश्री इन्दिरा विष्ट रहेका छन् । त्यस्तै, युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुमा होम बहादुर थापा क्षेत्री, किसान राई र संगम राई रहेका छन् । 

त्यसैगरी, कालोसूचीमा परेका कृषि सहकारीमा जनसेवा कृषि सहकारी र सहयात्री कृषि सहकारी संस्था रहेका छन् । कालोसूचीमा परेको सहयात्री कृषि सहकारी संस्थाका सञ्चालकहरुमा विमला राई, मुकुन्द प्रसाद अधिकारी, नारायण विश्वकर्मा, राजेन्द्र कार्की, राजु श्रेष्ठ र तिलक बहादुर यस्माली थापा रहेका छन् । भने, जनसेवा कृषि सहकारीका सञ्चालक भजन राणा, भिममाया तामाङ, धनमाया तामाङ, दिल बहादुर तामाङ, हिनीमाया तामाङ, शान्तीमाया तामाङ र टेकमाया तामाङ रहेका छन् । 

केन्द्रका अनुसार कालोसूचीमा परेका बचत तथा ऋण सहकारीमा सहकारीमा स्मृति सेभिङ एण्ड को–अपरेटिभ रहेको छ जसको सञ्चालक देवेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै, सरफी सेभिङ एण्ड को–अपरेटिभ पनि कालेसूचीमा परेको छ । उक्त सहकारीका सञ्चालकहरुमा इन्द्रावती श्रेष्ठ, राजकुमार श्रेष्ठ र टेकप्रसाद आचार्य रहेका छन् । 

कालोसूचीमा परेका अन्य सहकारीहरुमा रारा बचत तथा ऋण सहकारी रहेको छ । उक्त सहकारीका सञ्चालकहरुमा विनोद कुमार अग्रवाल, कुमार मगर र शेर बहादुर थापामगर रहेका छन् । कालोसूचीमा परेको अर्को सहकारी हो, आनन्दनगर बचत तथा ऋण सहकारी संस्था । जसको सञ्चालक लोकनाथ सापकोटा, नारायणी केसी र नरेन्द्र बहादुर कार्की रहेका छन् । 

केन्द्रका अनुसार कालोसूचीमा परेको प्राइम गोरखा सेभिङ एण्ड को–अपरेटिभको सञ्चालकहरुमा डिल्लीशेर राई, मधु गुरुङ र सञ्जय राई रहेका छन् । त्यस्तै, कान्ती सेभिङ एण्ड को–अपरेटिभ संस्था पनि कालोसूचीमा परेको छ । उक्त सहकारीका सञ्चालक असलमान तामाङ, हिरामान तामाङ र नन्द बहादुर थकाली रहेका छन् ।  

कालोसूचीमा परेको सहकारीमा धनलक्ष्मी सहकारी संस्था पनि रहेको छ । उक्त सहकारीका सञ्चालकमा मनोज गिरी र सविता श्रीवास्तव रहेका छन् । केन्द्रले हलेश्वर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभलाई पनि कालोसूचीमा राखेको छ । जसका सञ्चालकहरुमा बज्रसिंह लामा र मोहनसिंह लामा रहेका छन् । 

केन्द्रका अनुसार बैशाख २८ गते माँ अम्बे बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेको छ । यस संस्थाका सञ्चालकहरुमा बिजय कुमार छिनाल र निर्मल कुमार सिन्जाली रहेका छन् । त्यस्तै, कालोसुचीमा पर्ने सहकारीमा द नेक्स्ट बचत तथा ऋण सहकारी संस्था रहेको जसका सञ्चालहरुमा भीष्म प्रसाद भण्डारी, पवित्रा दमाई र शान्ति तिवारी रहेका छन् । 

त्यसैगरी, केन्द्रले सिरेटो बचत तथा ऋण सहकारी संस्था र चेतना बचत तथा ऋण सहकारी संस्थालाई पनि कालोसूचीमा राखेको छ । सिरेटो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुमा रिना आचार्य, सिर्जना रिजाल र शुशिला लुईटेल रहेका छन् ।  

केन्द्रका अनुसार चेतना सहकारी संस्था पनि कालोसूचीमा परेको छ उक्त सहकारीका सञ्चालकहरुमा अशेश्वर यादव, विजय कुमार साह हलुवाई, मोहन बहादुर बराल, निर्मला देवी ठाकुर, रानीदेवी ठाकुर, शिवजी हलुवाई र शुभ नारायण गोहिवर यादव रहेका छन् । 
  

प्रतिक्रिया दिनुहोस