
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) ले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । बैंकले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा असार १ गते निवेदन दिएको हो ।
कुल ५० लाख कित्ता ऋणपत्र मध्ये बैंकले २० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र ३० लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्न सेबोनमा निवेदन दिएको हो ।
बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा आगामी ७ वर्ष सम्मका लागि निफ्रा उर्जा ऋणपत्र २०८५÷८६ नामक ऋणपत्र निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस