aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हालैमात्र आईपीओ जारी गरेको स्वाभिमानले नाफा अत्याधिक प्रगति गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ साउन २०७६
हालैमात्र आईपीओ जारी गरेको स्वाभिमानले नाफा अत्याधिक प्रगति गर्यो

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमासमा १११ गुणाले वृद्धि गरी २ करोड ५८ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २ लाख मात्र कमाएको थियो ।

६ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी भएको स्वाभिमानले जगेडाकोषमा २ करोड ३१ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा २७ करोड ८२ लाख रुपैयाँ संकलन गरेको छ । भने कर्जामा ७९ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ ।

स्वाभिमानको खुद व्याज आम्दानी ३०७ प्रतिशतले वृद्धि गरी ५ करोड ३२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४७ गुणाले वृद्धि गरी ३ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

जसको निष्कृय कर्जा शुन्य दशमलव ६० प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव १४ प्रतिशत, प्रतिशेयर आम्दानी ४१ दशमलव ७८ रुपैयाँ, मुल्य आम्दानी अनुपात ११ दशमलव २७ गुणा र प्रतिशेयर नेटवर्थ १३७ दशमलव ४२ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस