aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

कामना सेवा विकास बैंकको १७ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ असार २०७९
कामना सेवा विकास बैंकको १७ औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप सेवन विस्तार गरेको हो । 

सेवा विस्तार गर्ने क्रममा सोमबारबाट कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं. ०१ को पथरकोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । पथरकोट स्थित इन्द्र जनरल स्टोर्स् (प्रो. इन्द्र मणि बेलबासे) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

वडा नं. ०१ का वडा अध्यक्ष तिलक बहादुर बस्नेतले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस