aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

नबिल बैंकको २८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असार २०७९
नबिल बैंकको २८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । नबिल बैंक लिमिटेडको २८ हजार ५८९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न सक्ने गरी विक्रीमा आएको छ । बैंकले यस अघि जेठ ५ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सुचना जारी गर्दा निवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गर्न लागेको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र बैंकको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड, नक्साल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस