aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ऋण तिर्न नसक्ने ऋणीहरु बढ्दै, कालोसूचीमा थपिए ८९७ ऋणी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ असार २०७९
ऋण तिर्न नसक्ने ऋणीहरु बढ्दै, कालोसूचीमा थपिए ८९७ ऋणी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेका ऋणीहरु बढ्दै गएका छन् । कर्जा सूचना केन्द्रको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको असार १ गतेदेखि १५ गतेसम्म ६ वटा सहकारी सहित ८९७ कम्पनीहरु कालोसूचीमा परेका छन् । 

विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ । विभिन्न बैंक तथा वित्तीय संस्था, राष्ट्रिय सहकारी बैंक लगायत अन्य निकायबाट लिएको ऋण तिर्न नसकेका कारण सहकारीहरु कालोसूचीमा परेका हुन् ।  
 
कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार कालोसूचीमा परेका सहकारीहरुमा एउटा बहुउद्देश्यीय, कृषि र बचत तथा ऋण सहकारी रहेका छन् । यसअवधिमा कालोसूचीमा परेका सहकारीहरुमा चाँदनी बहुउद्देश्यीय सहकारी, जीवन सुन्दर कृषि सहकारी, तिरीमिरी बचत तथा ऋण सहकारी र स्मृति बचत तथा ऋण सहकारी, सरसापट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र नवराजधानी को–अपरेटिभ रहेका छन् ।  

कालोसूचीमा परेका सहकारीमा चाँदनी बहुउद्देश्यीय सहकारीका सञ्चालकहरुमा रविन्द्र अधिकारी र उद्धव अधिकारी रहेका छन् । त्यस्तै, जीवन सुन्दर कृषि सहकारी संस्थाका सञ्चालकहरुमा भुवन कुमार सिञ्जली र उपेन्द्र मगर रहेका छन् ।   
 
त्यसैगरी, स्मृति बचत तथा ऋण सहकारीका सञ्चालकहरुमा विष्णु शर्मा र देवेन्द्र श्रेष्ठ रहेका छन् । तिरीमिरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा अन्जु श्रेष्ठ, इन्द्र बस्नेत, केशव अधिकारी, लोकनाथ डल्लाकोटी, माधव कुमार सिग्देल, प्रकाश भट्ट र सुमन कुमार श्रेष्ठ रहेका छन् ।  

केन्द्रका अनुसार कालोसूचीमा परेको सरसापट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सञ्चालकहरुमा गोपाल प्रसाद धमला, जानकी श्रेष्ठ, पदम महर्जन, संगिता कार्की, शेर बहादुर मगर र सिताराम कार्की रहेका छन् भने नवराजधानी को–अपरेटिभका सञ्चालकहरुमा अजय पण्डित, सगुन पाण्डे र सुरेन्द्र अमात्य रहेका छन् ।

त्यस्तै, यस अवधिमा कालोसूचीमा परेका अन्य व्यक्ति तथा कम्पनीहरुमा उग्रतारा मसला तथा आटा उद्योग, मलल ब्रदर्स एण्ड सन्स प्रालि, बंगलामुखी बहुउद्देश्यीय कृषि फार्म, मोटर्स सोलुसन प्राइभेट लिमिटेड, कालिका इन्टरप्राइजेज, द साइनिङ पाथ एकेडेमी प्रालि, दुर्गा सुनचाँदी गहना पसल र शिव शक्ति इफ्रा डेभलपर्स रहेका छन् । 

त्यसैगरी, कालोसूचीमा पर्ने अन्य कम्पनीहरुमा आरती विजनेश रियल स्ट्रेट प्रालि, क्यानन कन्ट्रक्शन प्रालि, ज्योति बालकुञ्ज एकेडेमी, गोल्ड एण्ड बोल्ड ट्रेडर्स, युनिभर्सल इन्टरप्राइजेज एण्ड मनी ट्रान्सफर,  अजम्बरी नमुना कोलोनी प्रालि, अजिरकोट एग्रो डेभलपमेन्ट सेन्टर र न्यु भाग्य लक्ष्मी ट्रेड एण्ड सुजल सप्लायर्स पनि कालोसूचीमा परेको तथ्यांकमा उल्लेख छ । 

केन्द्रको तथ्यांक अनुसार सुविधा किनमेल विजनेश प्रालि, न्यु दाजुभाई रेष्टुरेन्ट एण्ड लज, कान्छाराम कन्ट्रक्शन कम्पनी, किङडम रेडिमेट गार्मेन्ट सप्लायर्स, भरतपुर तरकारी तथा फलफूल पसल, पाथीभरा वेभरेज एण्ड फुड प्रोडक्सन, एप्पल वल्र्ड मोबाइल प्रालि, डाँडागाँउ जंगल रिसोर्ट, विग बेली फेमिली रेष्टुरेन्ट एण्ड लज, गल्लीभेन्ट मेनपावर लिमिटेड, युनिक फार्मेसी र पिस रिभर भ्यु एग्रो फार्म एण्ड रेष्ट्रो पनि कालोसूचीमा परेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस