
काठमाडौं । कम्पनी रजिष्टार कार्यालयको अनलाइन सेवा अवरुद्ध भएको छ । बुधबार बालुवाटारस्थित सुबिसुमा आगलागी भएसँगै सर्भरमा समस्या भएका कारण सेवामा अवरुद्ध भएको हो ।
कार्यालयले आइतबार बिहानै देखि सेवाग्राहीलाई अनलाइनबाट सेवा दिने भने पनि सर्भरमा समस्याका कारण सेवा दिन नसकेको कम्पनि रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार सन्तोष दहालले बताए ।
सेवाग्राही २ बजेसम्म इन्टरनेटको पर्खाइमा बस्दा पनि सर्भरले काम नगरेपछि दिउँसो २ बजेपछि बैंकको सम्पूर्ण काम भौचरको माध्यमबाट भइरहेको दहालले बताए । सुबिसुले इन्टरनेट पठाए पनि काम नगरेको अहिले त्यसलाई बनाउने प्रक्रियामा लागि रहेको बताए ।
उनले भने अनलाइन अवरुद्ध हुँदा दैनिक अनलाइनबाट उद्योग, कम्पनी दर्ता गर्ने काम बन्द भएको थियो । दाहालका अनुसार दैनिक करिब २ सय जति उद्योग तथा कम्पनी दर्ताका लागि अनलाइन प्रस्ताव आउँछ । बुधबारदेखि कम्पनीका सबै काम बन्द भएका थिए । अनलाइन सेवा बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।
कम्पनी रजिस्ट्रारको कार्यालयले २०७० सालदेखि अनलाइन सेवा प्रणाली सुरु गरेको थियो । कम्पनीको कामलाई छिटोछरितो र सहज बनाउन उद्देश्यले अनलाइन प्रणाली थालेको थियो ।
कम्पनीमा सो सेवा सुरु भएपछि सेवाग्राहीले उद्योग दर्ता र कम्पनी नाम प्रस्ताव अनलाइनमार्फत कम्पनी रजिस्ट्रार कार्यालयमा नपुगेर पाइक पर्ने ठाउँबाट नै पठाउँदै आएका थिए तर बुधबार देखि सर्भरमा समस्या भएका सेवाग्राहीको सुविधामा ढिला भएको छ ।
कम्पनि रजिष्ट्रार कार्यालयमा सुबिसुको सर्भरको समस्या कम्पनिका कर्मचारीसंगै हामी सेवा ग्राहीलाई समेत समस्या भएको एक जना सेवा ग्राहीले बताए । कम्पनि दर्ता गर्न टाढाबाट आए तर यहाँ इन्टरनेटमा समस्या आएको छ ।
प्रतिक्रिया दिनुहोस