
साउन । सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आउने क्रममा ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले तम्घासमा ११८ औँ शाखा, कुश्मामा ११९ औं शाखा तथा सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।
आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख राम चन्द्र जोशी र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेका हाुन् ।
सोही कार्याक्रममा पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा ए.टि.एम् को उद्घाटन गरेको हो ।, भने गुल्मी स्थित तम्घासमा रेशुङ्घा नगरपालिकाका नगर प्रमुख डिल्ली राज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेको थियो ।
सोही दिन ललितपुर महानगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द« मिश्रले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेको थियो । उतm कार्यक्रमहरmमा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।
हालसम्म सनराइज बैंकले ११९ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस