aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

नबिल बैंकमा चार जना  डिपुटी सिइओ हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ असार २०७९
नबिल बैंकमा चार जना  डिपुटी सिइओ हुने

काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ति गरेपछि प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना र अन्य चार जना नायव प्रमुख कार्यकारी अधिकृत हुने भएका छन् । एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् ।

 भुपेन्द्र पाण्डे पूर्वाधार विकास बैंक हुँदै एन बैंक पुगेका हुन भने सुजितकुमार शाक्य ग्लोबल आइएमइ बैंक हुँदै नबिल बैंक पुगेका हुन । त्यस्तै, मनोज ज्ञवाली ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदै नबिल पुगेका हुन भने विनयकुमार रेग्मी भने नविल बैंकमा नै लामो समयदेखि कार्यरत छन् । 

ढुंगानाले असार १७ गतेबाट लागू हुने गरी नबिल बैंकको सीईओको कार्यभार सम्हाल्नु हुनेछ । एनबीलाई गाभ्नको लागि नबिलले बुधबार मात्रै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । एनबी बैंकका कर्मचारीलाई नबिलमा जाँदा हालको पद सरह नै समायोजन गरिने भएको छ । दुबै बैंकको वित्तीय प्रणाली यहि असार मसान्तदेखि नै एकिकृत रुपमा नबिल बैंकका रुपमा कारोबार हुने छ । 

प्रतिक्रिया दिनुहोस