
काठमाडौं । सहकारी विभागले पुराना साझा (सहकारी) संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण माग गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागले बुधबार एक सुचना जारी गर्दै यस्तो विवरण माग गरेको हो ।
उक्त सूचनामा भनिएको छ–पुराना (साझा सहकारी) संस्थाको सम्पत्ति, दायित्व यकिन गर्न तथा सदस्यको ऋण व्यवस्थापन गरी रोक्का भएका जग्गा फुकुवा गर्नका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णय अनुसार सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा गठन भएको कार्यदलको त्रैठकको निर्णयबाट साविकका पुराना साझा सहकारी संस्थामा आवद्ध रहेका सदस्यहरुको संस्थासँग २०४९/२/२ अगावै गरेको ऋणको कारोबारबाट देहायअनुसारका विषयहरुमा स्पष्ट रुपमा खुल्ने गरी २०७९ साउन १७ भित्र निर्धारित ढाँचामा प्रमाणित गरी सहकारी विभाग नयाँ बानेश्वरमा पठाउनु हुन सूचना प्रकाशित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस