
काठमाडाैं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपालक्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-Payment प्रणालीमा कारोबार गर्ने बैंकहरुमा राष्ट्रको सबैभन्दा ठूलो सरकारी निकायको बैंक, राष्ट्रिय वाणिज्य बैंकलाई पनिउक्त प्रणालीमा आवद्ध गराई आजबाट कारोबार सञ्चालनमा ल्याएको छ ।
सो सेवा सुचारु भएसँगै राष्ट्रिय वाणिज्यबैंकका हजारांै ग्राहकहरुले पनि अबयस डिजिटल भुक्तानी प्रणाली मार्फत आफ्नो बैंक खाताबाटविभिन्नअनलाईन भुक्तानीे कारोबारहरुगर्न सक्नेछन् ।
यस प्रणालीमाबैंककाग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध विभिन्न भुक्तानी सेवाहरु प्राप्तगर्न सक्नेछन् ।
हालयस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी,लोकसेवा आयोगको भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस