aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिएमसीबाट नेपाल इन्भेष्टमेन्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको करिब ३ अर्ब आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ बैशाख २०७६
सिएमसीबाट नेपाल इन्भेष्टमेन्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको करिब ३ अर्ब आयो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले इटालियन ठेकदार कम्पनी सीएमसीको धरौटी फिर्ता ल्याउन सफल भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले आर्थिक न्यूजडटकमसँग कुराकानीको क्रममा सिएमसीमा काउण्टर ग्यारेन्टीको १ अर्ब ११ करोड रुपैयाँ नेपाल आएको बताएका हुन ।

 उनले भने, 'हामीले इटालीको राम्रो बैंकको काउन्टरमा ग्यारेन्टी राखेको हुनाले समस्या भएन, यो रकम फिर्ता नगरे भएत उनीहरुको ब्राण्डमा पनि समस्या आउथ्यो ।' 

नेपाल इन्भेष्टमेन्ट बैंकले २६ लाख ८ हजार यूरो तथा ५५ लाख ५३ हजार अमेरिकी डलर र १६ करोड ४७ लाख १० हजार नेपाली रुपैयाँ काउण्टर ग्यारेन्टीका रुपमा रकम रहेको थियो । 

त्यस्तैगरि, स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि १ अर्ब ५० करोड रुपैयाँ आइसकेको बुझिएको छ  ।  स्ट्याण्डर्ड चार्टर्ड बैंकले काउण्टर ग्यारेन्टी दायित्व लिएको ७३ लाख ७३ हजार यूरो र ३ करोड ४१ लाख ९४ हजार नेपाली रुपैयाँ रहेको थियो । 

https://www.youtube.com/watch?v=QBkceO12h5c

प्रतिक्रिया दिनुहोस