
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ७० प्रतिशत बोनस शेयर शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ४२ लाख ५८ हजार ८०० कित्ता बोनस शेयर सूचीकृत गराएको हो । आइतवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धीत शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बोनससँगै कर प्रयोजन समेतका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गत चैत २५ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाबाट पारित गराएको थियो ।
प्रतिक्रिया दिनुहोस