
सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघको दबाबमा सहकारी संस्थाको ऋणमा ब्याजदरको सीमा उच्च बनाएको पाइएको छ ।
सहकारी ऐन २०७४ र नियमावली २०७५ ले गरेको व्यवस्था अनुसार सहकारीको ऋणको सन्दर्भ ब्याजदर १४.७२ प्रतिशत कायम भएको थियो । तर, महासंघले उक्त ब्याजदर व्यावहारिक नभएको भन्दै बढाउन दबाब दिएपछि सरकारी विभागले १६ प्रतिशत निर्धारण गरी आइतबारबाट लागू गरिसकेको छ । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस