aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

असार २७ गतेदेखि एकिकृत कारोबार गर्दै नबिल र नेपाल बङ्गलादेश बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असार २०७९
असार २७ गतेदेखि एकिकृत कारोबार गर्दै नबिल र नेपाल बङ्गलादेश बैंक

काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडले प्राप्ती प्रकृया पुरा गरी असार २७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । नबिल बैंकले सोमवार सुचना जारी गर्दै एकिकृत कारोबार सुरु गर्न लागेको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंकले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गर्नको लागि असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्राप्त गरेको थियो ।  यी दुबै बैंकको जेठ ७ गते सम्पन्न विशेष साधारण सभाबाट प्राप्ती गर्ने सम्बन्धी प्रस्ताव पारित भएको थियो ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा प्राप्ती गरेको हो । हाल नबिल बैंकको चुक्तापूँजी रू.१८ अर्ब ४९ करोड ६१ लाख ८७ हजार छ भने नेपाल बङ्गलादेश बैंकको रू. १० अर्ब ८ करोड ५३ लाख ९९ हजार छ ।
 

प्रतिक्रिया दिनुहोस