aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

नेपाल लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० असार २०७९
नेपाल लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । असार २० गतेदेखि नेपाल लाईफ इन्स्योरेन्स र एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक शेयर विक्रीमा आएको छ । नेपाल लाईफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ कित्ता र एनआईसी एशिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर विक्रीमा  आएको हो ।

नेपाल लाईफ इन्स्योरेन्सको शेयरको मूल्य प्रतिकित्ता रू. ७०० तोकिएको छ भने एनआईसी एशिया बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ४२५ तोकिएको छ । उल्लेखित शेयर खरीद गर्न योग्य इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी  मूल्य अंकित गरी असार २७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

दुबै कम्पनीको शेयर खरीदका लागि न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरूले यी कम्पनीहरूले असार २० गतेपश्चात लाभांश र हकप्रद शेयर घोषणा गरेमा प्राप्त गर्न सक्नेछन् । दुबै कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, नारायणगढ, हेटौडा, पोखरा, बुटवल, नेपालगंज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।
 

प्रतिक्रिया दिनुहोस