aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

आन्तरिक उत्पादनलाई बढावा दिने मौद्रिक नीति ल्याउन सुझाव, कोभिडमा दिएको सुविधा कटौति गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ असार २०७९
आन्तरिक उत्पादनलाई बढावा दिने मौद्रिक नीति ल्याउन सुझाव, कोभिडमा दिएको सुविधा कटौति गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढावा दिने खालको नीति ल्याउन विज्ञ तथा व्यवसायीहरुले सुझाव दिएका छन् । मंगलबार राजधानीमा म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल(म्यान)ले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्क्ताहरुले आन्तरिक उत्पादनलाई टेवा पुग्ने मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका हुन् । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड १९ मा दिएको सुविधा सधैँ दिन नसकिने स्पष्ट पारेका छन् । निजी क्षेत्रका व्यवसायीहरूले २०७७ सालमका ल्याएको जस्तो मौद्रिक नीतिको अपेक्षा गरेको बेला गभर्नर अधिकारीले सुविधा कटौती हुने घोषणा गरेका हुन् । 

‘कोभिडको समयमा व्यवसाय चलाउनको लागि राष्ट्र बैंकले पुनरकर्जाको सुविधा लगायतका सुविधा विस्तारै  हटाउदै लैजाने नीति लिने उनले बताए । उनले सुविधा कटौती अन्तर्गत नै चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षा मार्फत पुनरकर्जाको ब्याजदर बढाएको तथा आकार घटाउदै लैजाने बताए । 

 उक्त कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल आयातमूखि अर्थतन्त्र भइरहेकाले विस्तारै आयातलाई विस्थापित गर्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । उनले भने, ‘नेपालमा अबको मौद्रिक नीति ल्याउँदा कृषिलाई प्राथमिकतामा राख्न पर्यो, त्यस्तै जलविद्युतलाई थप टेवा पुग्ने गरि मौद्रिक नीति ल्याएर उर्जाको खपतलाई स्वदेशी बनाउन पर्यो ।’ त्यस्तै, बैंकहरुले कृषि क्षेत्रमा लगानी गरिरहेको ऋण अन्य क्षेत्रमा लगानी भइरहेको भन्ने हल्लालाई माइक्रो लेभलमा हेर्न समेत उनले सुझाव दिएका छन् । 

त्यस्तै, सोहि कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले अधिकतम लचिलो मौद्रिक नीति ल्याउन सुझाव लिएका छन् । उनले भने, गत वर्षको मौद्रिक नीतिका कारण हालसम्म पनि बजार प्यानिक बनिरहेको छ । जुन शेयर बजार घटाउन नेपाल राष्ट्र बैंकको ४/१२ मुख्य दोषी देखिएको उनले आरोप समेत लगाए । उनले भने, राष्ट्रले गत वर्ष ल्याएका मौद्रिक नीतिका दुई वटा बुँदा धेरै चर्चामा रहे एउटा ४/१२ र अर्को सिसिडी रेसियो ।’

नेपालका पुराना व्यवसायीहरुलाई आफ्नो सम्पत्तिको स्रोत देखाउन धेरै समस्या रहेको बताएका छन् । उनले भने, नेपालमा ५० औं वर्षदेखि व्यापार गर्दै आएका व्यापारीहरुलाई अहिले सम्पत्तिको स्रोत देखाउन समस्या रहेकाले पनि हाल नेपालको बैंकिङ प्रणालीमा समस्या आइरहेकाले अबको मौद्रिक नीतिमा यसको समाधानको बाटो खोल्न पर्ने सुझाव दिएका छन् । 

नेपालको भारतीय लगायत विदेशी मुद्राको संच्चिती बढाउनका लागि सरकारले भारतीय रुपैयाँको सिमा बढाउन पर्ने सुझाव दिएका छन् । उनले भने, नेपालमा धेरै भारतीय पर्यटकहरु आउने भएकाले नेपालमा आउने भारतीय पर्यटकले ल्याउन भारुको सिमा करिब ३ लाखसम्म पर्याउदा नेपालमा विदेशी मुद्राको समस्या कम हुने उनले सुझाव दिए । 

उक्त कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डले नेपालबाट विदेशमा लगानीको बाटो खोल्न सुझाव दिएका थिए । उनले भने, ‘नेपालीले पनि विदेशमा लगानी गर्न पाएमा विदेशबाट कमाएको रकम नेपालमा आउन सक्ने भएकाले नेपालमा विदेशी मुद्राको कमीलाई सहज बनाउन सक्छ ।’

नेपालको शेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्न अझ पहल गर्न पर्ने बताए । उनले भने, नेपालको शेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्न सहज बनाउने र विदेशीलाई नेपालको पोर्टफोलियो व्यवस्थापनमा लगानी गर्न बाटो खोल्न पहल गर्न पर्छ ।’

नेपालको पर्यटन व्यवसाय अझै पनि समस्यामा रहेकाले यो क्षेत्रलाई अझै पनि राहतको प्याकेजको आवश्यकता रहेको होटल एसोसिएसनको अध्यक्ष सृजना राणाले बताइन ।  नेपालको बजारमा करिब ३०० अर्बको तरलता तलमाथि हुँदा कहिले तरलता समस्या त कहिल अधिक तरलता हुने गरेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए । 

नेपालमा तरलता बढाइराख्नका लागि लगानीका विभिन्न औजारहरु जस्तै सरकारी बोण्डहरुलाई दोस्रो बजारमा कारोबार गराउनका लागि सहज बनाउन नीतिगत नै व्यवस्था गर्न उनले सुझाव दिएका छन् । 

नेपालमा हरेक ग्राहकलाई ३÷३ महिनामा ग्राहक विवरण (नो योअर कस्टोमार) फारम भराउन समस्या भइरहेको र यसका लागि केन्द्रीय केवाइसी प्रणालीको विकास गर्न वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले सुझाव दिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस