aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

नेपाल एसबिआई बैंकको ५ वर्षे अवधिको ऋणपत्र आजदेखि निष्कासनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २२ असार २०७९
नेपाल एसबिआई बैंकको ५ वर्षे अवधिको ऋणपत्र आजदेखि निष्कासनमा

काडमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले असार २२ गते (आज) देखि ५ वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’ निष्कासन गरेको हो । 

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने ४० प्रतिशत अर्थात रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई बिक्री गरिनेछ । सामूहिक लगानीकोषबाट भने बैंकको ऋणपत्र खरीदका लागि आवेदन नपरेको बैंकको भनाई छ । 

यो ऋणपत्र खरिदका लागि असार २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म माग बमोजिम आवेदन नपरेमा साउन ४ गतेसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए रेटिङ्ग प्रदान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस