aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असार २०७९
प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि असार १४ गतेसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको “१०.१५ प्राइम डिबेन्चर २०८४” नामको ऋणपत्र विक्री गरेको थियो ।

प्रतिकित्ता रू. १ हजार अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने कम्पनीले व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।  

रितपूर्वक आवेदन दिने लगानीकर्ताहरूलाई माग बमोजिमनै असार २२ गते ऋणपत्र बाँडफाँट गरेको जानकारी बैंकले दिएको हो । बैंकले रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुला गरी बाँडफाँट गरेको हो ।  
 

प्रतिक्रिया दिनुहोस