aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 

नबिल र नेपाल बंगलादेश बैंककाे सोमबारसम्म कारोबार बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असार २०७९
नबिल र नेपाल बंगलादेश बैंककाे सोमबारसम्म कारोबार बन्द

काठमाडौँ । नबिल बैंक र नेपाल बंगलादेश बैंकको सम्पूर्ण बैंकिङ सेवा र कारोबार बन्द हुने भएको छ । नबिलले एनबी बैंकलाई प्राप्ति गरी असार २७ गते सोमबारबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएपछि दुबै बैंकको सम्पूर्ण कारोबार बन्द गर्न लागिएको जनाइएको छ । 

बैंकले जारी गरेको सूचना अनुसार एनबी बैंकको कारोबार आज (बिहिबार) देखि बन्द भएको छ भने नबिल बैंकको सम्पूर्ण कारोबार भोलि शुक्रबारदेखि बन्द हुने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस