aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

कामना सेवा विकास बैंकको ‘केएस डिजी वल्र्ड’ सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ असार २०७९
कामना सेवा विकास बैंकको ‘केएस डिजी वल्र्ड’ सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल ९केएस डिजी वल्र्ड० सार्वजनिक गरेको छ । बैंकले आषाढ २२ गते मङ्गलबारका दिन केएस डिजी वल्र्ड सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको छ ।

यो सेवा लागू भएपछि बैंकका ग्राहकहरुले बैंकको वेबसाईट वा मोबाईल एप मार्फत अथवा digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् । 

केएस डिजी वल्र्डमा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन् । साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस