काठमाडौं । लक्ष्मी भ्यालु फन्ड–१ को १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । फन्डले १५% नगद लाभांश वितरण गर्न साउन २८ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ, आज (साउन २७) सम्म सेयर सुरक्षित गर्ने लगानीकर्ताले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।
लक्ष्मी भ्यालु फन्डले यो लाभांश आर्थिक वर्ष २०७५/७६ को नाफाबाट वितरण गर्न लागेको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको साउन १६ बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित १५% नगद दिने घोषणा गरेको हो ।
यो फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ । यसलाई लक्ष्मी बैंकले प्रवद्र्धन गरेको छ ।


प्रतिक्रिया दिनुहोस