aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्ने सम्झौता आज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असार २०७९
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्ने सम्झौता आज हुँदै

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ती गर्ने भएको छ । हिमालयन बैंकको बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सिभिल बैंकलाई प्राप्तिका लागि सम्झौता गर्न स्वीकृति प्रदान गरेको हो । 

प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा भने शुक्रवार दिउँसो १ बजे सोल्टी होटलमा एक कार्यक्रममा बीच हस्ताक्षर हुने बैंकले जानकारी दिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर सम्झौता अस्वीकृत गरेको हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गर्ने निर्णयमा पुगेको हो । 

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता भएको थियो । हिमालयन बैंकको २०७८ साल पुस ३० गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच एक बराबर एक शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जर सम्झौता भएको थियो । 

सिभिल बैंकलाई १०० बराबर ८१ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी  मौखिक सहमति भएको हिमालयन बैंकले जानकारी दिएको छ । दुबै बैंकबीच मौखिक रुपमा तय भएको शेयर स्वाप रेसियो राष्ट्र बैंकले सैद्दान्तिक स्वीकृति दिएपछि गरिने सम्पती दायित्व मुल्यांकन (डिडिए) रिपोर्टका आधारमा परिवर्तन हुन सक्ने समेत बैंकको भनाई छ । 

हाल हिमालयन बैंकको चुक्तापूँजी रू. १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रहेको छ भने सिभिल बैंकको रू. ९ अबै ७ करोड ५८ लाख ४४ हजार रहेको छ । हिमालयन बैंकले गत वर्षको सञ्चित मुनाफाबाट यस वर्ष २१ द्यशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश वितरण गरेको छ ।

सिभिल बैंकले भने गत वर्षको सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरी कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको हो । धितोपत्र दोस्रो बजारमा हिमालयन बैंकको अन्तिम शेयरमूल्य बिहीवार प्रतिकित्ता रू. ३०१ दशमलव ५० र सिभिल बैंकको प्रतिकित्ता रू. २११ कायम भएको छ । प्राप्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षरपश्चात् सिभिल बैंकको शेयर कारोबार भने रोक्का हुनेछ । 


 

प्रतिक्रिया दिनुहोस