aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

सानिमा बैंकको ऋणपत्र आजसम्म मात्र विक्रीमा रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असार २०७९
सानिमा बैंकको ऋणपत्र आजसम्म मात्र विक्रीमा रहने

काठमाडौं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि निष्कासन गरेको १० वर्षे अवधिको ऋणपत्र असार २४ गते (आज) सम्म मात्र विक्रीमा रहनेछ ।  बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो । छिटो अवधि असार १४ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि असार २४ गतेसम्म विक्रीको मिति बैंकले तय गरेको थियो ।  

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात रू. २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बैंक आफैले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको मध्यबाट ५ प्रतिशत सामूहिक लगानीकोषका लागि विक्रीको आव्हान गर्दा कुनै पनि आवेदन नपरेको जानकारी बैंकले दिएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ । 

यो ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै , मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने विक्री प्रबन्धकको भनाई छ । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस रेटिङ्ग प्रदान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस