aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

एनआईसी एशिया बैंकद्धारा घातक रोगको बीमा बापत ३० लाख रकम भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ असार २०७९
एनआईसी एशिया बैंकद्धारा घातक रोगको बीमा बापत ३० लाख रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोल्नु भएका ३ जना ग्राहकहरुलाई घातक रोगको बीमा वापत रकम भुक्तानी गरेको छ । बैंकले घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको हो । 

बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा खाता खोलेका प्रचण्ड जंग शाह र थली शाखामा खाता खोलेका सञ्जित तामाङलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको हो । उनीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका एक हजार १३७ जना भन्दा बढी ग्राहकहरूले सेवा लिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस